प्रहरीद्वारा पूर्वी नाका काकरभिट्टामा कुकुर परिचालन

झापा । चाडपर्वलाई लक्षित गर्दैै लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले पूर्वी नाका काकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।


प्रदेश प्रहरी कार्यालय बिराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत सिमावर्ती क्षेत्रबाट हुन सक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

मेचिनगर नगरपालिकाको वडा नं. ६ स्थित नेपाल भारत सिमानाका काकरभिट्टामा प्रहरीले कुकुर सहित चेकजाँच सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार चाडपर्व भरी नाकामा हुने चेकजाँचमा कुकुर परिचालन हुने छ ।


ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले कुकर सहित नाकामा सुरक्षा सतर्कता बढाएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय