साइकलको फलामभित्र लुकाएर ब्राउन सुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ

झापा । लेडिज साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइछिपाई लागु औषध ब्राउन सुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ स्थित हिमाली निवासी १९ वर्षीय निसान लिम्बु, सोही ठाउँका २४ वर्षीय रिवज रनपहेली, दमक नगरपालिका-१ निवासी रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक-२ का निश्चल भन्ने विक्रम लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


सोमबार साँझ पौने ६ बजेको समयमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले भद्रपुर-३ स्थित झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका निसान र पवनलाई रोकेर सोधपुछ गरेको र उनीहरूले लागु औषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएर वडा कार्यालय भद्रपुर पठाएका थिए । वडामा उनीहरूलाई लागु औषध दुर्व्यसन विरुद्धमा मनोपरामर्श दिएर मंगलबार अभिभावकको जिम्मा लगाएको र साइकल शङ्कास्पद देखिएकोले वडा प्रहरीमै राखिएको थियो ।

उनीहरूलाई छाडे लगतै विवेक साइकल मेरो हो भन्दै वडा प्रहरी समक्ष पुगेका थिए । प्रहरीले साइकलको बारेमा सोधपुछ गर्दा विवेकले साइकलको बारेमा सही कुरा बताउन नसकेपछि प्रहरीलाई थप शङ्का उत्पन्न भयो । प्रहरीले सोधपुछ गर्दा विवेकले साइकल मेरो नभएको विक्रम लिम्बुले लिन पठाएको भनी प्रहरीलाई बयान दिएका थिए ।


त्यसपछि प्रहरीले अभिभावकको जिम्मा लगाएका निसान र पवनलाई झिकाएर तीनै जनाको अगाडि साइकलको चेकजाँच गरेका थिए । उनीहरूले साइकल सिटमुनिको फलाम पाइपभित्र कालो प्लास्टिकमा पोका पारेको दुई पोका ब्राउन सुगर ल्याएको र जसको तौल १४ ग्राम १५० मिलिग्राम रहेको डीएसपी रिजालले बताए । विक्रमलाई पनि भद्रपुरबाट पक्राउ गरी चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय