इजरायलमा मारिएका नेपाली बिद्यार्थीको सम्झनामा अनेरास्ववियुले बिर्तामोडमा गर्यो दिप प्रज्वलन

बिर्तामोड । इजरायलमा मारिएका नेपाली बिद्यार्थीको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन(अनेरास्ववियु) बिर्तामोड नगर कमिटीले आज साँझ बिर्तामोडमा दिप प्रज्वलन गरेको छ ।


गत शनिबार हमास समुहद्वारा इजरायलमा भएको आतङ्कवादी आक्रमणमा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा अनेरास्ववियु बिर्तामोड नगर कमिटीले आज साँझ बिर्तामोडको मुक्ति (मूख्य) चोकमा दिप प्रज्वलन गरेको हो ।


दिप प्रज्वलनमा उपस्थित भएकाहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन । त्यस्तै अन्य फसेका नेपाली बिद्यार्थीहरुलाई चाडो भन्दा चाडो उद्दार गर्न नेपाल सरकार समक्ष माग समेत गरेका छन् ।

जुनसुकै समस्याको समाधान हत्या हिसां नभएर आपसि समझदारी र संवाद रहेको सन्देश दिन समेत दिप प्रज्वलन गरिएको अनेरास्ववियु झापा जिल्ला कमिटी सदस्य निर्जन पाठकले जानकारी दिनुभयो ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा झापा र ताप्लेजुङ जिल्ला इन्चार्ज रोशन लामाको प्रमुख आतिथ्यता तथा बिर्तामोड नगर अध्यक्ष सन्तोष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु झापा जिल्ला कमिटि र बिर्तामोड नगर कमिटिका विद्यार्थिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
230
सम्बन्धित

लोकप्रिय

लोकप्रिय