प्यालेस्टाइन र इजरायलबीचको भीडन्तमा १२ सयबढीको मृत्यु

एजेन्सी । प्यालेस्टाइन र इजरायलबीच जारी भीडन्तमा परी १२ सयभन्दा बढीको मृत्यु भएको छ ।


हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।

मासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा ४९३ जनाको मृत्यु भएको छ । त्यस्तै २ हजार ७५१ जना प्यालेस्टाइनी घाइते भएका छन् ।


इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।

हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायलाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल ९आइडीएफ० का सैनिकसँग झडप भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय