हमासको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु (विवरणसहित)

शनिबार बिहान हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अन्य चारजनाको उपचार भइरहेको छ । अरु दुई जना फार्मर र प्रहरीको सुरक्षामा छन् भने एकजना बेपत्ता रहेको तेल अभिवस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । यद्यपि यसबारे दूतावासले औपचारिक जानकारी गराएको छैन ।


गैरआवासीय नेपाली संघ ९एनआरएन० इजरायलका अध्यक्ष कृष्ण भण्डारीले दिएको जानकारीअनुसार, हमासको आक्रमणमा मृत्यु हुनेमा कैलाली घोडाघोडी( ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया( ३ का आशीष चौधरी, दार्चुला लेकमा-५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन-४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, धनुषा सपाही-६ का आनन्द साह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनली-३ का राजन फुलारा, डोटीकै लमिखाल-८ का पदम र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा-२ का विधान सेजवाल, दाङ दङ्गिशरण-३ का प्रवीण डाँगी, कैलाली टीकापुर-९ का धनबहादुर चौधरी, गोरखा-८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त-३ का विपिन जोशी छन् ।


सल्यान त्रिवेणी-१ का प्रमोद केसी बोस कस्टडी ९रोजगारदाता किसानको संरक्षणमा० र कैलाली भजनी त्रिशक्ती-४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मद्य्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको अध्यक्ष भण्डारीले बताए । प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टिकापुर बहुमुखी क्याम्पस)का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् । शिलापत्रबाट

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय