सम्योग सम्बृद्धिको दशौं साधारणसभा सम्पन्न, अध्यक्षमा केशर बानियाँ निर्वाचित


बिर्तामोड । झापाको भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग सम्बृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद चौहानको अध्यक्षता तथा भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुंगानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष यसोदा पोखरेल आचार्यले स्वागत गर्नुभएको थियो ।

साधारणसभामा संचालक समितिको तर्फबाट सहकारीका अध्यक्ष विनोद चौहानले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको शेयर पूँजी ७४ लाख ९७ हजार ७ सय रुपैयाँ, निक्षेप संकलन ५ करोड ७ लाख ११ हजार १ सय ४ रुपैयाँ ९८ पैसा, ऋण लगानी ३ करोड ६ लाख ६८ हजार ९ सय ९८ रुपैयाँ ८० पैसा रहेको अध्यक्ष चौहानले प्रस्तुत गर्नुभएको संस्थाको बार्षीक प्रतिवेदनमा उल्लेख छ ।


१० बर्ष अघि ३३ जना शेयर सदस्यबाट सुरु भएको संस्थामा हाल २ हजार ९ सय १९ जना शेयर सदस्य रहेका छन् । कार्यक्रममा लेखा समिति सदस्य मित्रप्रसाद भण्डारीले लेखा समितिको प्रतिवेदन वाचन गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ठ कर्मचारी तर्फ बिर्तामोड सेवा केन्द्रकी क्यासियर कल्पना बस्नेत, उत्कृष्ठ बजार प्रतिनिधि तर्फ हल्दीबारी सेवा केन्द्रकी पार्वती महतो, उत्कृष्ठ व्यवस्थापक तर्फ मुख्य कार्यलय चन्द्रगणीका विमल अधिकारी र उत्कृष्ठ सेवाकेन्द्र प्रमुख तर्फ किशोर शनिश्चरेका निरौलालाई सम्मान गरिएको थियो ।

त्यस्तै ३ वटा सेवाकेन्द्र र मुख्य कार्यालय गरी ४ वटा कार्यालयका ज्येष्ठ शेयर सदस्य, बाल बचतकर्ता, असल ऋणी र असल बचतकर्ताहरु छनोट गरी १६ जनलाई सम्मान गरिएको थियो । कार्यक्रममा अतिथिहरु मोहनप्रसाद घिमिरे, नरेन्द्र तिम्सिना, सञ्जीवकुमार शाह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक खगेन्द्र बानियाँले गर्नुभएको थियो ।

अध्यक्षमा केशर बानियाँ निर्वाचित

सम्योग सम्बृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको दशौं बार्षिक साधारणसभाले संस्थाको नयाँ नेतृत्व समेत चयन गरेको छ । संस्थाको नयाँ अध्यक्षमा केशर कुमार बानियाँ निर्वाचित हुनुभएको छ । बानियाँको अध्यक्षतममा निर्वाचित भएको समितिको उपाध्यक्षमा उमेश कुमार यादव, सचिवमा खड्क प्रसाद तिवारी, सहसचिवमा महेन्द्र बानियाँ र कोषाध्यक्षमा पुनः यसोदा आचार्य पोख्रेल चयन हुनुभएको छ । ५ पदाधिकारी सहित अन्य ६ जना सदस्यहरु संचालक समितिमा सर्वसम्म्मत निर्वाचित हुनुभएको संस्थाका व्यवस्थापक खगेन्द्र बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन भएको छ । लेखा सुपरिवेक्षक लक्ष्मी प्रसाद भण्डारी र सदस्यहरु कमला खतिवडा र मित्र प्रसाद भण्डारी रहेको समिति चयन भएको हो ।

संस्थाको नयाँ नेतृत्व चयनकालागि समाजसेवी व्यतित्व एवम् लक्ष्मी मा.वि. हल्दिबारी २ का प्रधानाध्यापक रामप्रसाद घिमिरे संयोजक रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी शनिश्चरे शाखाका सचिव कमल पोख्रेल र जीवन ज्योति आधारभूत बिद्यालय भद्रपुर ९ झापाकी शिक्षिका अनिता कटुवाल सदस्य रहनुभएको निर्वाचन समितिले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गराएको संस्थाका व्यवस्थापक बानियाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
120
सम्बन्धित

लोकप्रिय

लोकप्रिय