नयाँ उज्यालोको १२ औं वार्षिक साधारणसभा सम्पन्न

बिर्तामोड । नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको विर्तामोडमा मुख्य कार्यलय स्थापना गरेर संचालनमा रहेको संस्थाको बिर्तामोडमा १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका कार्यबहाक अध्यक्ष प्रेमचन्द्र लिम्बूको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सदस्य बिदुर खनालले स्वागत गर्नुभएको थियो ।


कार्यक्रममा संस्थाका कार्यबहाक अध्यक्ष प्रेमचन्द्र लिम्बूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। संस्थाको कुल शेयर रकम दुई करोड ५० लाख ५६ हजार ३ सय रुपैयाँ, निक्षेप संकलन २६ करोड ७ लाख २४ हजार ६ सय ७४ रुपैयाँ ऋण लगानी ५२ करोड ३ लाख ४२ हजार २ सय ६२ रुपैयाँ गरेको छ । २०६९ बैशाख २५ गते ७७ जनाबाट सूरु गरिएको नयाँ उज्यालो सहकारी संस्थामा हाल २ हजार ५ सय ३५ जना शेयर सदस्य रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।


संस्थाका लेखासमिति संयोजक गणेशकुमार पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष केशरबहादुर खवासले औचित्य तथा संस्थाको गतिविधीमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बृहस्पति शर्मा घिमिरे, यमबहादुर बराइली, मुनुदेवी भण्डारी, विष्णुमाया घिमिरे, नरबहादुर कटुवाल, असल बचतकर्ता उमा बराइली, मिलन सरकार, दिलप्रसाद लिम्बू, पावनी राजवंशी, अर्जुन थापा, राधिका रजक, केदारमान गुरुङ, असल ऋणी रुचन सुव्वा, भेषराज मिश्र, प्रियंका कार्की, प्रताव धिमाल, सन्त तामाङ, स्वेच्छीक अवकास लिने संस्थापक निवर्तमान व्यवस्थापक खड्गबहादुर थापालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सहायक प्रवन्धक कमल खनाल, झापा जिल्ला सहकारी संघका लेखा समितिका प्रेमसागर सापकोटा, साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत चन्द्रकुमार भट्टराई, मिलनसार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बाँस्कोटा, आबद्ध बचत तथा ऋण सहकारी संस्थाका सचिव खगेन्द्र कुँवरलगायतले शुभकामना मन्तव्य राख्नुभएको संस्थाका निवर्तमान अध्यक्ष विश्वेस्वरप्रसाद बजगाईं (विपिन)ले जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव शिवराज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय