कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ। दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।


संविधानको धारा १६८ को उपधारा (३) अनुसार गत भदौ २२ गते कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

तर, कार्कीले विश्वासको मत पाउने आधार भने अहिलेसम्म प्रष्ट देखिएको छैन। कार्कीले भने आफुले विशवासको मत पाउँने बताउनुभएको छ ।


अहिले प्रदेश सभामा एमालेसँग एक उपसभामुखसहित ४० सांसद छन्। उपसभामुखले बैठकको अध्यक्षता गर्ने भएकाले ३९ मत मात्रै एमालेले खसाल्न पाउने छ । कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन्।

विश्वासको मत पाउँन कार्कीलाई ४७ मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय