युवतीको विषयलाई लिएर ग्याङ फाइट गर्न हिँडेका युवाको समूह तरबारसहित पक्राउ

मोरङ । ग्याङ फाइट गर्न भनेर हिँडेका युवाको समूहलाई प्रहरीले विराटनगर–९ घोघापुल चोकबाट पक्राउ गरेको छ । युवतीको विषयलाई लिएर हुन आटेको ग्याङ फाइट गर्न हिँडेको १५ जनाको समूहलाई मोरङ प्रहरीले आज दिउँसो तरबारसहित पक्राउ गरेको हो ।


पक्राउ पर्ने मोरङ र सुनसरीका रहेका छन् । प्रहरीले कटहरि ४ का १८ वर्षीय शेषकवि अली, सुनसरी बर्जू गाउँपालिकाका विजय चौधरी, सोही ठाउँका राहुल दास र १९ वर्षीय ललनकुमार मेहतासहित १५ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो । पक्राउ परेका अन्य १२ जना नावालक रहेकाले प्रहरीले उनीहरुको नाम गोप्य राखेको छ ।

पक्राउ परेका अलीको साथबाट प्रहरीले तरबार फेला पारेको हो । उनीहरूको साथबाट प्रहरीले खुँडा, लाठीलगायतका हातहतियार बरामद गरेको छ । पक्राउ परेका अलीको समूह विराटनगरको घोगापुल चोकमा जम्मा भएर दुई वटा सिटीमा ग्याङ फाइट गर्ने उद्देश्यले शान्ति चोक जान भनेर हिँडेका थिए । सोही क्रममा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका १५ जनलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय