कालो पट्टी बांधरे अर्जुनधारामा कर्मचारीको धर्ना, अत्यावश्यक बाहेकका सेवा ठप्प

बिर्तामोड । सरकारले जारी गर्न लागेको संघीय निजामती सेवा ऐन स्थानीय तहका कर्मचारी अनुकुल नभएको लगायतका विभिन्न १० बुँदे माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित भइरहेको बेला झापा अर्जुनधारा नगरपालिकाका कर्मचारी पनि धर्नामा बसेका छन् । स्थानीय तह कर्मचारी संघर्ष समिति निर्माण गरेर चरणबद्ध आन्दोलन गरिरहेका उनिहरु हातमा कालो पट्टी बांधरे नगरपालिकाको कार्यालयमा धर्नामा बसेका हुन् ।


स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको सर्कुलर अनुसार अर्जुनधाराका कर्मचारीहरु कालो पट्टी बांधरे धर्नामा बसेको स्थानीय तह कर्मचारी संघर्ष समिति अर्जुनधाराका बरिष्ठ उपाध्यक्ष तथा वडा नं.३का वडासचिव खगेन्द्र लिङदेनले जानकारी दिनुभयो । आफुहरुको माग पुरा नहुन्जेलसम्म आन्दोलन र धर्नाको कार्यक्रम निरन्तर हुने लिङदेनले बताउनुभयो । संघीय निजामती सेवा ऐनको नाममा सरकारले तयार गरेको मस्यौदाको विरोध गर्दै उनीहरु आन्दोलित भएका हुन् । संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ ।

त्यस्तै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको रहने व्यवस्था गरिनुपर्ने, विना सहमति ७ सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, समायोजनका कर्मचारीहरुको (सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी) उचित व्यवस्थापन गरिनुपर्ने, तिनै तहका कर्मचारीहरुको समान बृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई कर्मचारी कल्याणकोषको व्यवस्था गर्नु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्तहुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने, जुनसुकै तहमा बहाल रहेका कर्मचारीहरुलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने र अस्थायी तथा करार कर्मचारीहरुको उचित वयवस्था गरिनु पर्ने माग उनिहरुको छ ।


स्थानीय तह कर्मचारी संघर्ष समितिले आज देखि देशभर अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्दै धर्नामा बस्ने जनाएको छ ।

आन्दोलित कर्मचारीहरुले यसअघि स्थानीय तहका सरकार प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले राजधानी काठमाडौंमा विभिन्न चरणमा आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय