अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको अरिंगालको टोकाईबाट मृत्यु भएको हो ।


बिहीबार साँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पुरै गोला खनिएको थियो । घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएको र उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय