अर्जुनधाराका कर्मचारी जोडिएको घटनामा राष्ट्रिय युवा संघले माग्यो नगरपालिकाको आधिकारीक धारणा

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाका सिनियर अहेव तथा स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेत र शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँग जोडिएर सामाजिक संजालमा भाइरल भएको घटनाको सन्दर्भमा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले अर्जुनधारा नगरपालिकाको आधिकारीक धारणा माग गरेको छ ।


युवा संघ अर्जुनधाराका अध्यक्ष सुरेन राई र केन्द्रीय कमिटी सदस्य रोजिना पाण्डे (उमा) को नेतृत्वमा गएको युवा संघको टोलिले अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाललाई ध्यानाकर्षण-पत्र बुझाउदै उक्त घटनाको सन्दर्भमा नगरपालिकाको आधिकारीक धारणा माग गरेको हो ।

ध्यानाकर्षण-पत्रमा युवा संघले नगरको स्वास्थ्य शाखासंग सम्बन्धित रहेर सामाजिक संजालमा भाइरल भएको भिडियो र उक्त भिडियोमा देखिएका नगरपालिकाका कर्मचारीहरु बरेमा नगरपालिकाको दृष्टिकोण माग गरेको छ । साथौ घटनाको सन्दर्भमा हालसम्मको कार्वाही प्रक्रियाको बिषयमा जानकारी गराउन माग गरिएको छ । युवा संघले २४ घण्टा भित्र आधिकारीक धारणा सार्वजनिक गर्न समेत माग गरेको छ । युवा संघले घटनालाई ढाकछोप गरिए वा स्थानीय सरकारको धारणा सार्वजनिक नभए आन्दोल गर्ने समेत चेतावनी दिएको छ ।


केही समयअघि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा स्वास्थ्य शाखा प्रमुख बस्नेत र शनिश्चरे अस्पतालकी महिला स्वास्थ्यकर्मीसँगको भिडिओ सार्वजनिक भएपछि नगरपालिकाले बस्नेतलाई अर्को व्यवस्था नभइञ्जेलसम्म स्वास्थ्य शाखा प्रमुखको जिम्मेबारीबाट हटाएको थियो ।

शनिश्चरे अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका बस्नेतलाई लिखित स्पष्टिकरणका लागि ३ दिनको म्याद पनि दिइएको थियो । यसैगरी, घटनामा संलग्न भनिएकी महिला स्वास्थ्यकर्मीलाई पनि स्पष्टिकरणका लागि ४८ घण्टाको समय दिएको थियो । तर उक्त घटनाको बिषयमा नगरपालिकाले हालसम्म आधिकारीक धारणा सार्वजनिक नगरेको भन्दै युवा संघले नगरपालिकाको आधिकारीक धारणा माग गरेको हो ।

ध्यानाकर्षण-पत्र :

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय