रिगलको आममाफी विरुद्ध परेको रीटमाथि सर्वोच्चमा आज सुनुवाई

काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा हानेर हत्या गरेको अभियोगमा जन्मकैद पाएका योग ढकाल (रिगल) लाई राष्ट्रपतिले माफी दिएकोविरुद्ध सर्वोच्च अदालतमा परेको रीटमा बिहीबार सुनुवाई हुने भएको छ ।


हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्दालाई बिहीबारका लागि पेशीमा चढाइएको छ । माफीविरुद्ध रीट हालेकी भारती भने बुधबार सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन । तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै उनी ढलेकी हुन् ।

भारतीलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको थियो । श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी हुन् ।


रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए । कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध भारती अनशन बसेकी हुन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय