आजदेखि सुरु हुँदै एकदिवसीय विश्वकप, उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने

आईसीसी एकदिवसीय पुरुष विश्वकपको १३औं संस्करण आजदेखि भारतमा सुरु हुँदैछ। ४६ दिनसम्म चल्ने प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारतमा छन्। दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित भारतका १० शहरमा खेल हुनेछ।


विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। दुईपटकको विजेता वेस्टइन्डिज भने योपटक छनोट हुन सकेन।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने उद्घाटन खेलमा साबिक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्नेछन्। यी दुईबीचको खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।


हालसम्म २० देशले विश्वकप खेल्दा ६ देशले मात्रै उपाधि जितेका छन्। भारतले पहिलोपटक पूर्ण आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गरेको हो ।

दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा हुनेछ। विश्वकपको फाइनल खेल नोभेम्बर १९ अहमदाबादमा हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय