असोज १९ गते विश्वासको मत लिने कोशीका मुख्यमन्त्री कार्कीको तयारी

झापा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज १९ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले लिने विश्वासको मतबारे समेत छलफल भएको छ ।


सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

२० गते शनिबार परेकोले त्यो दिन बैठक राख्ने-नराख्ने भन्ने प्रदेशसभाले टुंगो लगाइसकेको छैन । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने सूचना सभामा दर्ता गराउन भने बाँकी छ ।


भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय