डुवर्स मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा

मानेभञ्ज्याङ (भारत) । कम्व्याक जित निकाल्दै दलसिंङपाडा स्पोर्टस एकाडेमी डुवर्स सातौँ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सिङलिङ स्पोर्टिङ क्लब सिक्किमविरुद्ध ४-३ गोल अन्तरको जित निकाल्दै दलसिंङपाडा अन्तिम ८ मा प्रवेश गरेको हो ।


पहिलो हाफमा ३–१ गोल अन्तरले पछि रहेको दलसिंङपाडाले दोश्रो हाफमा ३ गोल गरेको थियो । खेलमा अग्रता दलसिंङपाडाले लिएको थियो । ८औँ मिनेटमा पोग्बाले पहिलो गोल गरेका थिए । पछि परेको अवस्था उल्टयाउँदै १९औँ मिनेटमा रोहितले खेल बराबरी गरे । ३३औँ मिनेटमा पेमाले गोल गर्दै सिङलिङलाई अग्रता दिलाए । ३५औँ मिनेटमा किरणको गालबाट ३-१ को अग्रता बनेको हो ।

५७औँ मिनेटमा हेमराजले गोल गर्दै अन्तर कम पारे । ६३औँ मिनेटमा रोशनले खेल बराबरीमा ल्याए । खेल सकिन २ मिनेट बाँकी रहँदा पोग्बाले व्यक्तिगत दोश्रो गोल गर्दै आफ्नो टिमलाई अन्तिम ८ मा प्रवेश गराएका हुन् ।


खेलको म्यान अफ दि म्याच पोग्बा घोषित भए । प्रतियोगिताको चौथो प्रि-क्वाटरफाइनल खेलमा बिहीबार जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ताबीच हुनेछ । मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङको आयोजनामा जारी प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ८ लाख रुपैया र उपविजेताले ४ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल आगामी अक्टोबर १५ तारिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय