ट्रकको ठक्करबाट दुई छात्रको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ।


मृत्यु हुनेहरुको परिचय नखुले पनि दुवै जना बागेश्वरी उच्च माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्र भएको स्थानीयले बताएका छन्। उनीहरु ट्युसन पढ्न जाँदै गर्दा ट्रकले ठक्कर दिएको थियो।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।


ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । दुर्घटना पछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय