कोरियन एम्बासेडर तेक्वान्दोमा स्वर्ण जितेका प्रदिपलाई राष्ट्रिय युवासंघले गर्यो सम्मान

झापा । गत भाद्र २७ देखि ३० सम्म ललितपुरमा संचालन भएको ११औँ कोरियन एम्बासेडर खुल्ला तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका झापाका प्रदिप विश्वकर्मालाई राष्ट्रिय युवा संघ नेपाल वडा समिति अर्जुनधारा २ ले सम्मान गरेको छ ।


युवा संघले आज एक कार्यक्रमको आयोजना गर्दै खेलाडी विश्वकर्मालाई सम्मान गरेको हो । युवा संघ अर्जुनधारा २ नं. वडा समितिका अध्यक्ष इन्द्रबहादुर रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीका अध्यक्ष शुरेन राई र बिशिस्ट अतिथि नेकपा एमाले झापा जिल्ला सदस्य तुलसी खतिवडा लगायतले खादा, अबिर लगाइदिएर सम्मानपत्रद्वारा प्रदिपलाई सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि राई र बिशिष्ट अतिथि खतिवडाले खेल क्षेत्रमा अर्जुनधारा नगरपालिकाकै नाम राख्न सफल भएको भन्दै बधाई ज्ञापन गर्नुभएको थियो । उहाँहरुले आगामी दिनमा खेल क्षेत्रमा प्रदिपको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।

प्रदिपका बुवा प्रेम बहादुर विश्वकर्मा, हजुरबुबा धनराम विश्वकर्मा लगायत परिवारका सदस्यहरुलाई समेत अबिर र खादा लगाइदिएर सम्मान गरिएको थियो । प्रदिपलाई अर्जुनधारा २ का जनप्रतिनिधिहरु शर्मिला सुब्बा, विमला रोक्का, प्रेम उपरकोटीले संयुक्त रुपमा नगद १५ सय रुपैयाँ प्रदान गर्नुभएको थियो ।

नेकपा एमाले अर्जुनधारा २ का सचिव नारायण पराजुलीले संचालन गर्नुभएको सम्मान कार्यक्रममा अर्जुनधाराका साईबर इन्चार्ज रोनक लिम्बुले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ३ का पूर्व अध्यक्ष मदन गिरी लगायत नेकपा एमाले संवद्ध विभिन्न स्तरका नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।

नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघद्वारा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगितामा झापा अर्जुनधारा २ का प्रदिपले स्वर्ण जितेका थिए । अर्जुनधारा नगरपालिकाबाट सहभागी खेलाडीमध्ये उनले जुनियर ६३ केजी तौल समूहमा स्वर्ण पदक पाएका हुन् । प्रदिप हाल अर्जुनधारा ३ स्थित जनता मावि खुदुनाबारीमा कक्षा ९ मा अध्यानरत छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
1
+1
0
+1
0
+1
0
205
सम्बन्धित

लोकप्रिय

लोकप्रिय