रेडहर्सलाई हराउँदै चाँद मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनलमा

मानेभञ्जयाङ (भारत) । रेडहर्स इलामलाई हराउँदै चाँद एफसी तीनधारिया सातौ मानेभञ्ज्याङ गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । चाँदले इलामलाई ४–१ गोल अन्तरले हराएको हो । खेलको सुरुवाती अग्रता इलामले लिएको थियो । २५ औ मिनेटमा आयुष तिम्सिनाले इलामलाई अग्रता दिलाएका थिए ।


४ मिनेट नवित्दै सौभर तामाङले हेडर गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफमा बराबरीमा सकिएको खेलको दोश्रो हाफमा चाँदले ३ गोल थप्यो । खेलको ५० मिनेटमा अफ्रिकी खेलाडी मार्टिनले चाँदलाई पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

 ६५ औ मिनेटमा मार्टिनले व्यक्तिगत दोश्रो गोल गरे । इन्जुरी समयमा दिवस तामाङले हेडर गोल गरेपछि चाँदले ४–१ गोल अन्तरको जित निकाल्यो । खेलको म्यान अफ दि म्याच सौरभ तामाङ घोषित भए । जितसंगै चाँदले सेमीफाइनल प्रवेशका लागि जर्जियन एफसी कालेम्पोङ र डिएसए हाउडा कोलकत्ता बिचको बिजेतासंग खेल्नेछ ।


प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा दलसिंहपाडा डुर्वस र सिङलिङ स्र्पोटिङ क्लब सिक्किम बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय