८० लाखको कपडा गोठमा लुकाइएको अवस्थामा फेला

सिरहा । सिरहा नगरपालिका-१८ स्थित तारापट्टिबाट सशस्त्र प्रहरीले करिब ८० लाख रूपैयाँको लत्ताकपडा बरामद गरेको छ। भारतबाट अवैधरूपमा ल्याइ लुकाएर राखिएको अवस्थामा प्रहरीले उक्त कपडा बरामद गरेको हो।


विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले ७८ पोका लत्ताकपडा बरामद गरेको हो।

स्थानीयवासीको तीनवटा गाईगोठको टहरामा लुकाइ राखेको अवस्थामा उक्त लत्ताकपडा भेटिएको र कहिले र कस्ले राखेको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ।


बरामद लत्ताकपडा आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।

पछिल्लो समय नजिकिदै आएको चाडपर्वलाई लक्षित गरी अवैध गतिविधि र तस्करी बढ्न सक्ने सम्भावनालाई मध्येनजर राख्दै सशस्त्र प्रहरी बल नेपाल विशेष योजनाकासाथ सीमामा परिचालित भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय