दमक हत्याकाण्ड : मुख्य अभियुक्तसहित ११ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका-१ स्थित एक होटलमा चार दिन अघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य अभियुक्तसहित कूल ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


चुलाचुली ३ का ३८ बर्षिय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक ७ सयपत्री टोलका २२ बर्षिय सनम राईसहित अन्य संदिग्धहरु फरार थिए ।

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी १ टपुस्थित एक घरमा मोटरसाईकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।


इलाका प्रहरी कार्यालय दमकमा आजै पत्रकार सम्मेलन गरी झापाका जिल्ला प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक १ स्थित नवदुर्गा टोलका २२ बर्षिय आनन्द भनिने २२ बर्षिय राजकुमार भुजेल र दमक ७ राधाकृष्ण टोलका १८ बर्षिय रोहन भनिने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिनुभयो । मुख्य आरोपी राई, भुजेल र आलमलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । मुख्य आरोपी राई, भुजेल र आलमलाई हत्याका पीडितको स्थायी ठेगाना इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ समेतको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समुहले मदिराले लठठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेका प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय