दाङमा बस दुर्घटना, १४ जना घाइते

पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटनामा परेको छ । बसमा सवार १४ यात्रु घाइते भएका छन्। बसमा १६ जना यात्रु थिए। दुईजन भने सकुशल रहेको बताइएको छ ।


पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो। बस सडकदेखि १० मिटर तल खसेको  लमही प्रहरीले जानकारी दिएको छ ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। सवारी चालक रामेछाप सुनपति गाउँपालिका-३ निवासी ३३ वर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय