युवा नागरिक समाजको पहिलो साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः भण्डारी

बिर्तामोड । युवा नागरिक समाजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा सम्पन्न भएको साधारणसभाले केशव भण्डारीलाई पुनः समाजको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । साधारणसभाबाट अध्यक्ष भण्डारीसहित ३१ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको छ ।


आइतबार बिर्तामोडस्थित जय ड्रिमल्यान्ड पार्कको सभाहलमा भएको साधारणसभाले समाजको बरिस्ठ उपाध्यक्षमा डिल्लीराम सुब्बा, उपाध्यक्ष देव संग्रौला, सचिव चेतनाथ निरौला र कोषाध्यक्षमा रामचन्द्र मैनाली सर्वसम्मत चयन गरेको हो ।


त्यसअघि भएको साधारणसभाको उद्घाटनसत्रमा समाजका अध्यक्ष भण्डारीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । ‘युवाहरुको  चाहाना, सुशासन युक्त नगरको परिकल्पना’ भन्ने मुल नाराकासाथ गठन भएको समाजले एक वर्षको अवधिमा गरेका कार्यक्रमसहितको प्रतिवेदन उहाँले प्रस्तुत गर्नुभएको थियो । उहाँले बेतिथि र भ्रष्टाचारको भण्डाफोर गर्दै सुशासन युत्त समाजको निर्माण गर्न युवा नागरिक समाजको स्थापना गरिएको बताउनुभयो ।

उहाँले झापाको पालिकाहरु मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, बाह्रदशी, गौरीगञ्जमा पालिका स्तरीय युवा नागरिक समाज गठन भइसकेको जानकारी दिनुभयो । अन्य पालिकाहरुमा पनि समिति निर्माण हुने प्रक्रियामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

समाजका अध्यक्ष भण्डारीको अध्यक्षता तथा मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक जयनारायण ढुङ्गाना, इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्की, समाजसेवी शेरबहादुर थापा, सल्लाहकार जानुका थापामगर, डा.लक्ष्मीप्रसाद मैनाली, अञ्जना  ढुङ्गानालगायतको आतिथ्य रहेको थियो ।

संस्थाकी केन्द्रिय सदस्य कविता ओलीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन रेणु ओडारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय