पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको छ ।


शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो ।

मूल्यवृद्धिको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्यवृद्धि फिर्ता गर्न निर्देशन दिनुभएको थियो ।


सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्रीले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

यसअघि पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय भएको थियो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
50
सम्बन्धित

लोकप्रिय

लोकप्रिय