माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै नेपाल क्वार्टारफाइनलमा प्रवेश

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल खेल्न बाँकी छदा ७४ रनमा अलआउट भयो।


माल्दिभसकालागि सबैभन्दा बढी घानी अब्दुलले ३६ रन जोडे । उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । माल्दिभ्सका इस्माइली ३ रन र फरिदले १० रन जोडे । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भएका थिए ।

बलिङमा नेपालका अभिनास बोहराले ३.४ ओभरमा ११ रन खर्चिदै ६ विकेट लिन सफल भए । सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १–१ विकेट लिए ।


त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए ।

कुशल मल्लले मात्र २० बलमा ४७ रन जोडेका थिए । गुलसन झाले २१ बलमा ३५ र कुशल भुर्तेलले १८ बलमा ३५ रन जोड्दा विनोद भण्डारीले १५ बलमा १३ रन बनाएका थिए।

यो जितसंगै नेपाल प्रतियोगिताको क्वार्टारफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ को विजेता बन्दै नेपाल क्वार्टारफाइनलमा पुगेको हो ।

अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
60
सम्बन्धित

लोकप्रिय

लोकप्रिय