एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य

चीनमा जारी १९औँ एसियाली खेलकुद अन्तर्गत अहिले भइरहेको नेपाल र माल्दिभ्सबीचको क्रिकेट खेलमा नेपालले माल्दिभ्सलाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे । २७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए ।


हार्डहिटर कुशल मल्लले आज पनि शानदार ब्याटिङ गरे । मात्र २० बलमा ४७ रन जोडेका उनी अर्धशतक जोड्न चुकेर नटआउट रहे ।

गुलसन झाले २१ बलमा ३५ र कुशल भुर्तेलले १८ बलमा ३५ रन जोडे । विनोद भण्डारीले १५ बलमा १३ रन बनाएका थिए।

नेपालले अहिले बलिङग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय