एमाले कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।


निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म मोरङका दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ ।


अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय