एमाले बागमती प्रदेशको अध्यक्षमा ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष कैलाश ढुंगेल विजयी हुनुभएको छ।


प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतान्तरले हराउँदै ढुंगेल अध्यक्ष निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेलले ६९६ मत पाउँदा दाहालले ४३९ मत ल्याउनुभएको थियो।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार अपराह्नदेखि विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो। बेलुकी अबेर सम्पन्न निर्वाचनमा एक हजार १३५ मत खसेको थियो।


उपाध्यक्षमा दावा दोर्जे लामा विजयी हुनुभएको छ। यसैगरी सचिवमा नवराज सिलवाल एक मतान्तरले विजयी हुनुभयो। उहाँ ५६८ मतले विजयी हुँदा हस्त पण्डितले ५६७ मत पाउनुभएको थियो।

यस्तै खुला उपसचिवमा प्रेमकुमार महर्जन र महिला उपसचिवमा भक्तकुमारी लामा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय