तीनचार दिन पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबका तीन–चार दिन देशका धेरै स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।


नेपालबाट मनसुन बाहिरिने मिति अक्टोबर २ रहे पनि औसत भन्दा ढिला गरी बाहिरिने हुँदा आगामी तीनचार दिन बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार शनिबार कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।


आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्यासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय