पाथीभरा मन्दिर छानबिन समितिको प्रतिवेदन सार्वजनिक, ८९ लाख रुपैयाँ गायब

इलाम । इलामको रोङ गाउँपालिकास्थित सानो पाथीभरा मन्दिरको विषयमा गठित छानबिन समितिले आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय इलाममा शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले छानबिन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।


छानबिन समितिले प्रतिवेदन बुझाएको दुई सातापछि प्रजिअ पोख्रेलले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ बराबरको हिसाव नदेखिएको उल्लेख छ । त्यस्तै १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँ बैंक मौज्दातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले आर्थिक वर्ष ०७५र७६ देखि ०७९ माघ मसान्तसम्म मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँमध्ये दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ मात्र खर्च देखिएको जनाएको छ ।


प्रतिवेदनमा आव ०७५र७६ मा ८६ लाख ६ हजार ६ सय ६४, ०७६र७७ मा ७१ लाख ४३ हजार ३ सय ४५, ०७७र७८ मा ४२ लाख ३ हजार ५ सय ३४, ०७८र७९ मा ८२ लाख १ हजार ७ सय ७३ र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ आम्दानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खर्चतर्फ आव ०७५र७६ मा ९१ लाख ९१ हजार १ सय ९५, ०७६र७७ मा ५० लाख २५ हजार ७ सय ७०, ०७७र७८ मा ३६ लाख ५० हजार ६ सय २२, ०७८र७९ मा २८ लाख १३ हजार ७ सय ७८ र ०७९ माघसम्म १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथिभरा संरक्षण संस्थासँग मौज्दात देखिएपनि त्यो रकम कहाँ छ भन्ने पत्ता लाग्न नसकेको छानबिन समितिको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गत ३१ भदौमा प्रजिअलाई प्रतिवेदन बुझाएको थियो । तर प्रजिअले अध्ययनका लागि भन्दै तत्काल प्रतिवेदन सार्वजनिक नगर्ने बताएपछि गाउँपालिकाले ४ असोजमा पत्रकार सम्मेलन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण र छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनको विवरणमा एकरुपमा देखिएको छ ।

छानबिन समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन प्रज्वल अधिकारी सदस्य थिए । गाउँपालिको अध्ययन प्रतिवेदन समेत उनै अधिकारीले तयार गरेका थिए । त्यसैले दुवै प्रतिवेदनमा भाषिक भिन्नता भएपनि आम्दानी र खर्चको विवरणमा एकरुपता छ ।

पाथिभरा मन्दिरमा भेटी हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रजिअ कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको सानो पाथिभरा भन्दिरको नामले चिनिएको मन्दिरको संचालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाले लिएको छ ।

पुरानो समितिले विगत ५ वर्षमा ३ करोड मात्र भेटि संकलन गरेको देखिएको छ । पालिकाको मातहतमा आएपछि फागुनयता मात्र १ करोड ६ लाख भन्दा धेरै भेटी संकलन भएको रोङ गाउँपालिकाले जनाएको छ ।

यता प्रजिअ पोख्रेलले पाथीभरा संरक्षण संस्थालाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । ‘अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसँग छलफल र परामर्श गर्छौं’ प्रजिअ पोख्रेलले पत्रकारहरुसँग भने, ‘संस्था तथा संस्थाका पदाधिकारी र सदस्यहरुलाई कानुन बमोजिम कारवाही गर्छौं ।’ प्रजिअ पोख्रेलले कहिलेसम्म कारवाही गर्ने भन्ने यकिन गर्न भने नसकिने बताए । उनले तालुकदार निकायसँगको छलफल र परामर्शका आधारमा कानुनी कारवाही गर्ने बताउँदै समयको भने यकिन गर्न नसकिने बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय