स्थानीय तह संघर्ष समितिले झापाका प्रमुख जिल्ला अधिकारीे मार्फत सरकारलाई बुझायो ज्ञापन–पत्र

झापा । सरकारले जारी गर्न लागेको संघीय निजामती ऐनविरुद्ध आन्दोलित भएका स्थानीय तहका कर्मचारीहरुले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।


संघीय निजामती ऐनको नाममा सरकारले तयार गरेको मस्यौदाको विरोध गर्दै झापाका पालिकाहरुमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् । उनिहरुले सरकारलाई आफुहरुको मागको बिषयमा ध्यानाकर्षण गराउदै आज झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई ज्ञापन–पत्र बुझाएका छन् ।

स्थानीय तह संघर्ष समिति झापाका संयोजक नेत्र प्रसाद पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय झापा पुगेको टोलिले विभिन्न १६ वटा माग समेटीएको ज्ञापन–पत्र बुझाएको हो ।


यस्तो छ संघर्ष समितिले बुझाएको ज्ञापन–पत्र : 

स्थानीय तहमा कार्यरत कर्मचारीहरुले असोज ८ गते स्थानीय तह संघर्ष समिति निर्माण गरेर विभिन्न चरणमा सरकारको ध्यानाकर्षण गराउदै आएका छन् ।

यसअघि स्थानीय तह संघर्ष समितिले गृह जिल्ला झापा आउनु भएका सभामुख देवराज घिमिरेलाई समेत भेटेर ज्ञापन–पत्र बुझाएको थियो ।

स्थानीय तहका आन्दोलित कर्मचारीहरुले माग सम्बोधन नभए प्रत्येक पालिकाका वडा कार्यालयमा पेनडाउन गर्ने र सिंहदबार अगाडी विरोध प्रदर्शन गर्ने सम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
1
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय