चोङ्वाङ्ग परिवारद्वारा पहिरो पीडितलाई राहत वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई चोङ्वाङ्ग परिवारले राहत वितरण गरेका छन् । परिवारसहितको टोली बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।


पूर्वी नेपाल तथा नेपालबाहिर रहेका चोङ्वाङ्ग परिवारका सदस्यहरुले पहिरो प्रभावित ६१ परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, दाल दुई किलोग्राम, नुन एक किलोग्राम र खानेतेल आधा लिटरका दरले राहत सामग्री वितरण गरिएको दीलप्रकाश याक्सो (टाइगर) ले जानकारी दिनुभयो ।

स्व. चन्द्र बहादुर चोङ्वाङ्ग, स्व.नरिमाया चोङ्वाङ्ग(खेबाङ्), स्व. राम प्रसाद चोङ्वाङ्ग, स्व.मन माया चोङ्वाङ्ग(ईङ्नाम) र स्व. फुल माया चोङ्वाङ्ग(तुम्बाहाम्फे)को आत्माको चीरशान्तिको कामना गर्दै पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको उहाँले बताउनुभयो । स्वदेश तथा विदेशमा रहेका चन्द्र बहादुर फागो चोङ्वाङ्गका परिवारका सदस्यहरुको आर्थिक सहयोगमा झण्डै २ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको याक्साले जानकारी दिनुभयो ।


मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको प्रमुख आतिथ्यतामा राहत सामग्री पीडित परिवारलाई वितरण गरिएको थियो । गत असार २ गते राति भीषण वर्षासँगै गएको पहिरोका कारण साँघुको ओदक टोल जोखिममा परेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय