विमल घर्तीमगर पनि अष्ट्रेलिया प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् । उनी देश छोडेर अष्ट्रेलियातर्फ प्रस्थान गरेको तस्वीर गोलनेपाल डटकमले सार्वजनिक गरेको छ ।


यसअघि सुरक्षित भविष्यको खोजीमा राष्ट्रिय फुटबल टिमका धेरै खेलाडीहरू अस्ट्रेलिया पलायन भइसकेका छन् ।

हालैमात्र स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया उडेका थिए ।राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेका उनीहरू सुन्दर भविष्यको खोजीका लागि अस्ट्रेलिया हिँडेका हुन् ।


पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय