कचनकवलका खगेन्द्रको कुवेतमा मृत्यु, गएको पाँच महिनामा बाकसमा फर्किए

झापा। वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेका झापाको कचनकवल गाउँपालिका– ६ स्थित बनियानी निवासी खगेन्द्र राजवंशीको मृत्यु भएको छ ।


गत बुधबार ड्युटीमा खटिएकै बेला राजवंशीको मृत्यु भएको बताइएको छ। रोजगारीका लागि पाँच महिना अघि इलेक्ट्रिसियनका रुपमा उनि कुवेत पुगेका थिए ।

अल जजिरा कम्पनीमा कार्यरत रहेका खगेन्द्रको ड्युटीमा खटिएकै बेला मृत्यु भएको आफन्त योगेन्द्र राजवंशीले जानकारी दिनुभएको छ।


ड्युटीमा रहेको बेला पेट दुखेपछि अस्पताल लगिएको र एकछिनमै उनको मृत्यु भएको आफन्त राजवंशीको भनाइ छ ।

उनको शव कुवेतबाट आफन्त योगेन्द्र राजवंशीले बुझेर घरमा ल्याई पुर्‍याएका छन् । खगेन्द्रका श्रीमती र दुई छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
1
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय