आज इस्लाम धर्मावलम्बीहरुको पर्व मोहम्मद डे, झापाका चार पालिकामा विदा

झापा। इस्लाम धर्मावलम्बीले आज मोहम्मद डे मनाईरहेका छन् ।


इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४५३ औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज नेपालका इस्लाम धर्मावलम्बीले पनि धुमधामका साथ मनाइरहेका छन् ।

मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।


मोहम्मद डे को अवसरमा झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् । मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले आज स्थानीय बिदा दिएको हो ।

पर्वको अवसरमा आज बिर्तामोड, भद्रपुर लगायतका स्थानमा र्याली निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय