अर्जुनधारामा धनीपुर्जा वितरणको काम सुरु

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अव्यवस्थित बसोबास गर्ने नागरिकलाई धनीपुर्जा वितरणको काम सुरु गरेको छ । पहिलो पटक बुधबारबाट धनिपुर्जा वितरण सुरु गरेको हो ।


अर्जुनधाराले सभामुख देवराज घिमिरेको बाहुलीबाट बुधबार ६ जनालाई धनीपुर्जा वितरण गरेको नगर प्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिनुभयो । उहाका अनुसार वडा नं. ११ का ६ जनालाई पहिलो चरणमा पुर्जा वितरण गरिएको हो । यसअघि नगरपालिकाले वडा नं.१, ५ र ११ का भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको थियो । नगर प्रमुखका अनुसार २१ सय ७९ जनालाई निस्सा वितरण गरिएको थियो ।


पहिलो चरणमा ६ जनालाई धनीपुर्जा वितरण गरिएको उपप्रमुख खड्गमाया पराजुलीले जानकारी दिनुभयो । अब क्रमशः धनीपुर्जा वितरण गर्दै जाने उहाँले बताउनुभयो ।

धनीपुर्जा वितरण कार्यक्रममा पूर्व मन्त्री केशव कुमार बुढाथोकी, पूर्व प्रदेश सदस्य बिर्ख प्रधान, भूमि आयोग झापाका अध्यक्ष तिलक पाण्डे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले नागरिकको मौलिक हक सुनिश्चितताका लागि सबै तहका सरकार जिम्मेवार भएको बताउनुभयो । उहाले नागरिकको मौलिक हक प्रत्याभूत गर्ने सन्दर्भमा आफ्नो तहबाट पनि जिम्मेवार ढंगबाट लागिपर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय