एसियन गेम्समा मंगोलियाविरुद्ध नेपालको २ सय ७३ रनको फराकिलो जित


काठमाडौं । एसियन गेम्समा नेपालले मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित निकालेको छ । हान्जाओमा पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट डेब्यु गरेको मंगोलियामाथि नेपालले शानदार जित आत्मसाथ गरेको हो ।

नेपालले प्रस्तुत गरेको ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएको छ । मंगोलियाका दावासुरेन जामयान्सुरेनले १० रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कार छुन सकेनन् । मगोलियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए भने तीन खेलाडीले मात्र १ रन जोड्न सकेका थिए ।


मंगोलियाका कुनै पनि खेलाडीले नेपाली बलर सामु टिक्न सकेनन् । मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान एक विकेट लिएका छन् ।

यसअघि मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा ३ सय १४ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले नकआउट १ सय ३७ रनको इनिङ्स खेले । उनले ५० बलमा ८ चौका र १२ छक्काको मदतले शानदार सतकीय पाली खेलेका हुन् । रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले समेत अर्धशतकीय इनिङ्स खेले ।

कप्तान पौडेलले २७ बलमा २ चौका र ६ छक्काको मदतले ६१ रन बनाउदा दिपेन्द्रले १० बलमै नटआउट अर्धशतक प्रहार गरे । दिपेन्द्रले जम्मा १० बल खेल्दै ८ छक्काको मदतले सो रन बनाएका हुन् । कुशल भुर्तेल १९ र आसिफ शेख १६ रनमा आउट भएका थिए ।

मंगोलियाविरुद्ध प्राप्त जितसँगै नेपालले केही अद्भुत कीर्तिमान समेत कायम गरेको छ ।

नेपालले टी ट्वान्टीमा सर्वाधिक रन बनाउनेदेखि ठुलो अन्तरको जित निकाल्ने कीर्तिमान बनाएको छ । साथै दिपेन्द्र सिंह ऐरीले ९ बलमै अर्धशतक बनाउने कीर्तिमान कायम गरेका छन् । कुशल मल्लले टी ट्वान्टी अन्तराष्ट्रियमा सबैभन्दा चाँडो शतक प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाएका छन् ।

नेपाल प्रतियोगिताको समूह एमा रहेको छ । नेपाल रहेको समूहमा मंगोलिया र माल्दिभ्स छन् । समूह विजेता टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश टेष्ट राष्ट्रको रुपमा सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन् ।खेलपाटी

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय