झापामा डेंगी संक्रमित हुनेको सङ्ख्या ३ हजार नाघ्यो, ६ जनाको मृत्यु

झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ । असोज ७ गतेसम्मको तथ्याङ्क अनुसार झापामा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार २ पुगेको हो ।


९ हजार ६३८ जनाको रगत परीक्षण गर्दा त्यति जनामा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जुन करिब ३१ प्रतिशत हो ।

त्यस्तै १५१ जना डेंगी संक्रमित जिल्लाका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । अन्यत्र कम हुँदै गएपनि झापामा डेंगी संक्रमण तीव्र रुपमा बढ्दै गएको छ ।


यस वर्ष डेंगी सङ्क्रमणबाट झापामा ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
200
सम्बन्धित

लोकप्रिय

लोकप्रिय