चामलमा लुकाएर झापाबाट ब्राउनसुगर पठाउन खोज्ने पक्राउ

झापा । चामलको बोरामा लुकाएर झापाबाट काठमाडौं पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।


आज सोमबार बेलुकी करीब सवा ५ बजे शिवसताक्षी नगरपालिका वडा नं. ११ स्थित दुधेबाट शिवसताक्षी १ का दुई युवकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार साकिरा यातयात प्रा.लि.को काउन्टरमा प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा काठमाडौ पठाउन चामलको बोरा बोकेर आएका २९ बर्षिय साजन राई र ३५ बर्षिय सुन्दर लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।


उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
10
+1
1
+1
0
+1
1
+1
0
180
सम्बन्धित

लोकप्रिय

लोकप्रिय