बिरिङमा नयाँ पुल बन्ने सभामुखको भनाई, बिर्तामोड–भद्रपुर रोडको काम तत्काल सूचारु गर्न निर्देशन

बिर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डको विरिङ नदिमा नयाँ पुल निर्माण हुने बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनकालागि झापा आइपुग्नुभएका सभामुख घिमिरेले बिर्तामोडस्थित आफ्नो सचिवालयमा पत्रकार भेटघाट गर्दै उक्त सडक खण्डमा खोलाले पुल भाचिएपछि आवतजावतमा भएको समस्याप्रति आफ्नो ध्यानकर्षण भएको बताउनुभयो ।


उक्त स्थानमा नयाँ पुल निर्माणको लागि पहल सुरु भएको उहाँको भनाई छ । नयाँ पुल निर्माणकालागि डिजाइन र लगत स्टिमेटको काम अन्तिम चरणमा रहेको उहाँले बताउँनुभयो । ‘अहिले भौतिक पूर्वधार मन्त्री र सचिव दुवै जना प्रधानमन्त्रीसंगै विदेश भ्रमणमा हुनुहुन्छ’,–सभामुख घिमिरेले भन्नुभयो, ‘उहाँहरु आइपुग्ने बित्तिकै यसलाई फाइनल गरेर कामहरु अगाडी बढाउने प्रक्रिया पुरा हुन्छ र हामी ठेक्कमा लैजान सक्छौ भनेर मलाई आजै मात्रै त्याँहाका कर्मचारीले भन्नु भा छ।’ उहाँले भन्नुभयो ।


उहाँले जिल्ला भ्रमणका क्रममा उक्त पुलको पनि स्थलगत अवस्था बुझ्ने बताउनुभयो । गत बर्खामा भाचिएको उक्त पुल भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको थियो ।

त्यस्तै पत्रकार भेटघाटमा उहाँले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल सुचारु गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले बजेट नपाएको भन्दै झुटो कुरा गरेर काम रोक्ने प्रयास गरेको बताउनुभयो । बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।

सभामुख घिमिरेले जिल्लाका अन्य विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

झापा क्षेत्र नं. २ बाट निर्वाचित भए पनि देशभरका नागरिकको आवाज सम्बोधन गर्ने जिम्मेवारीमा रहेको अवगत गराउँदै आफ्नो क्षेत्रको विकासलाई प्राथमिकता दिदैं जाने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय