नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो ।


दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को गोल अन्तरले पराजय भोगेको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराउनै पर्ने दबाब थियो । योसँगै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले फाइनलमा प्रवेशका लागि अब भारत वा भुटानसँग खेल्नेछ । नेपालको जितका लागि खेलको १७ औं मिनेटमा प्रशान्त लक्समले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए ।


त्यसपछि खेलको ३० औं मिनेटमा समिर तामाङले अर्को गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका थिए । खेलको ८८ औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए । त्यसैगरी दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले नेपालका लागि चौँथो गोल गरे ।

मालदिभ्सले भने नेपाल बिरुद्ध १ गोल मात्रै फर्काउन सक्यो । माददिभ्सका एडम लायान रसिदले एक गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय