सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ ।


जिल्ला अदालत काठमाडौंमा सुनुवाइका लागि आइतबार सो मुद्दाको पेसी तोकिएको हो ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दाको सुनुवाइ आइतबारका लागि सारिएको हो ।


२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।

यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय