भाट-भटेनीलाई झापालीको उत्साहजनक साथ, छुट यथावत


बिर्तामोड । आफ्नो २६ औं स्टोरको रुपमा पूर्वी नेपालको ब्यापारीक सहर विर्तामोडमा यहि असोज ४ गतेबाट सञ्चालनमा आएको भाट-भटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनकसाथ मिलेको छ । समुदघाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो उपस्थिति पाएको भाट-भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्साहजनक उपस्थिति रहेको स्टोर व्यवस्थापनले जानकारी दिएको छ ।

झापाली जनताको उत्साहजनकसाथ पाएको भाट्भटेनीले एक विज्ञप्ती जारी गर्दै सम्पुर्ण ग्राहकहरुले स्टोरप्रती देखाएको माया तथा विस्वासकालागि भाटभटेनी परिवार गौरवन्वित भयेको जनाएको छ ।


बिर्तामोड लगायत आम झापाली उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका सामानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशतसम्मका छुटको सुबिधाहरु अर्को सुचना नआउदा सम्मकालागि यथावतनै रहने बताइएको छ ।

१५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सन्चलनमा आएको यो स्टोरमा २ अर्ब बढी लागानीको भएको जनाईएको छ ।

यो स्टोर कोशी प्रदेशको चौथो तथा झपा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेसको धरान, बिराटनगर र इटहरीमा स्टोर सन्चलनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
0
+1
1
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय