क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

काठमाडौँ । नयाँ नेतृत्व चयन गर्दै नेपाल क्रिकेट संघ (क्यान)को साधारण सभा सम्पन्न भएको छ।


काठमाडौँमा हिजो र आज दुई दिनसम्म चलेको चलेको साधरणसभाले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

सचिव पदमा पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। आज भएको मतदानका क्रममा निकटतम प्रतिद्वन्द्वी प्रशान्त मल्ललाई ११ मतले पराजित गर्दै खड्का सचिव पदमा विजयी भएका हुन्।


निर्वाचनमा खसेको कुल ८५ मतमध्ये खड्काले ४८ मत ल्याउँदा मल्लले ३७ मत पाएका हुन्। खड्का काठमाडौं प्रदेशको सदस्य र बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रीय सचिव पदको निर्वाचनमा होमिएका हुन्।

यसैगरी खुला सदस्यमा दुर्गाराज पाठक, धीरेन्द्र सावद, आयुष श्रेष्ठ, वीरेन्द्र चन्द निर्वाचित भएका छन्। ऋषि क्षेत्री र करन महतरा क्षेत्रीको समान २६ मत भएपछि गोलाप्रथाबाट करन महतरा विजयी भएका छन्।

यस्तै कोशीबाट अर्जुन पौडेल, मधेशबाट माधव कमाचार्य, बाग्मतीबाट दिवाकर घले, गण्डकीबाट सुदीप शर्मा र सुदूरपश्चिम प्रदशेबाट विक्रम बिष्ट विजयी भएका छन्। मधेशमा माधव कर्माचार्य र मोहम्मद अन्सारीको बराबर २२/२२ मत आएपछि गोला प्रथाबाट माधव विजेता बनेका थिए।

क्यानका ६ वटा पद अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका हुन्। यसैगरी महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी र लुम्बिनी प्रदेशबाट प्रदीप मजगैयाँ पनि सर्वसम्मत निर्वाचित हुँदा सचिवसहित ११ पदमा निर्वाचन भएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय