प्रधानमन्त्री दाहाल चीनमा, आजै चीनका राष्ट्रपतिसँग भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन पुग्नु भएको छ।


चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ लाई शनिबार हाङ्जाउ विमानस्थलमा चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले स्वागत गर्नुभएको थियो।


प्रधानमन्त्री दाहालले आजै चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन जानुभएको हो । हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।

आइतबार चीनको राजधानी बेइजिङ जाने प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन पनि गर्नुहुनेछ ।

बेइजिङबाट छेन्तु हुदै प्रधानमन्त्री दाहाल आगामी शनिबार मात्रै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
145
सम्बन्धित

लोकप्रिय

लोकप्रिय