प्रधानमन्त्री दाहाल आज अमेरिकाबाट चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज न्युयोर्कबाट चीन जाँदै हुनुहुन्छ ।


चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणमा जान लाग्नुभएको हो ।

न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटबाट प्रधानमन्त्री नेतृत्वको टोली ह्याङचाउ प्रस्थान गर्ने उहाँको सचिवालयले जनाएको छ ।


त्यहाँ भईरहेको १९ औं एसियाली खेलकुदको भोलि हुने उद्घाटन सत्रमा प्रधानमन्त्री दाहाल सहभागि हुनुहुनेछ । भ्रमणकोक्रममा प्रधानमन्त्री दाहालले चिनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नुहुनेछ ।

सो अवसरमा केही महत्वपूर्ण सम्झौता हनुसक्ने बताईएपनि के कस्ता सम्झौताको तयारी गरिएको छ भन्ने खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय