बाँकेको जयेन्दु बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

बाँके । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।


डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बिहीबार राति दुई समूहबीच झडप एक दर्जन घाइते भएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

झडपमा घाइते भएका रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ४ का सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी जिल्ला कार्यालयले जनाएको छ । केसी अपहरण तथा जबर्जस्ती करणीको मुद्दामा बालसुधारमा गृहमा रहेका थिए ।


सुधार गृहमा रहेका नाबालक बन्दीहरुले झ्यालका सिसा फुटाउँदै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडप भएको थियो । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतला लगिएको छ ।

बाँके प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको र अहिले अवस्था सामान्य बनेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
90
सम्बन्धित

लोकप्रिय

लोकप्रिय