शिक्षकको जायज माग सम्बोधन गर्नुपर्छ : अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकका मागलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।


बिहीबार राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले झापाको दमकमा आयोजना गरेको समृद्ध नेपाल, सुखी नेपाली विषयक नगरस्तरीय अन्तरमावि तह वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै ओलीले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन संघीय र स्थानीय सरकारलाई चेतावनी दिनुभयो ।

विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कारबाही गर्ने चेतावनी दिएकोप्रति पनि अध्यक्ष ओलीले आपत्ति जनाउनुभयो ।


कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले शिक्षकलाई नधम्क्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइ रहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ, ती समस्याहरू समाधान दिनुपर्छ, कति अहिले दिने, कति पछि दिने रु गुरुहरू नबुझ्ने मान्छे हुँदैनन्, पढेलेखेका मान्छे हुन्छन्, बुझ्छन्, बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गरिनु पर्छ ।’

शिक्षकका मागप्रति ध्यान दिएर यथोचित सम्बोधन गरी आन्दोलन धेरै लम्ब्याउन नदिन नहुने उहाँले बताउनुभयो । शिक्षकको आन्दोलन लम्बिनु कसैको हितमा नभएको ओलीले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय