सरकार र आन्दोलनरत शिक्षकबीच आज हुन सकेन वार्ता, भोलि बस्ने निर्णय

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज सामान्य छलफल मात्रै भएकाले भोलि पुन: वार्ता हुने भएको छ। बिहीबार बिहान र साँझ दुई चरणमा मन्त्रीहरूसँग छलफल भएको थियो। शुक्रबारदेखि भने निर्णायक वार्ता हुने वार्तामा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।


बिहीवार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरूसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गर्नुभएको थियो। बिहीवार साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरूङसहितको सरकारी टोलीसँग शिक्षक प्रतिनिधिहरूले छलफल गरेका थिए।

आज समग्रतामा छलफल भएको र भोलि सहमति हुने गरी वार्ता हुने ती नेताले बताए। शुक्रबार बिहान ८ बजे बैठक बोलाइएको छ। औपचारिक पत्र नपठाइ वार्ता भएकाले आजको छलफललाईलाई औपचारिक वार्ता भन्न नमिल्ने शिक्षकहरूले बताएका छन्।


सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक संघीय संसद् सचिवालयमा दर्ता गरेपछि विधेयकमा रहेको प्रावधानप्रति असहमति जनाउँदै शिक्षक महासंघले आन्दोलन थालेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय