साफ यू–१९ च्याम्पियनशिपमा नेपाल पाकिस्तानसँग पराजित

काठमाण्डौं । १९ वर्षमुनिको ९यू–१९० साफ च्याम्पियनशिपमा आयोजक नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ ।


आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह ए को खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भयो । पाकिस्तानका लागि अली जफरले खेलको ७६ औँ मिनेटमा गोल गरे । यो जितसँगै पाकिस्तानले ३ अङ्क जोडेको छ । नेपालले अब शनिवार माल्दिभ्ससँग खेल्ने छ ।

यसअघि आजै दिउँसो भएको समूह बी को खेलमा भारतले बङ्गलादेशलाई हरायो । दशरथ रङ्गशालामै भएको खेलमा भारतले १–० गोलले हरायो ।


यो प्रतियोगिताको समूह ुएु मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै समूह ुबीु मा भारत, बङ्गलादेश र भुटान छन् । २ वटा समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय